Rule 18
काम शुरु गर्नु पर्ने
(१) प्रमाणीकरण गर्ने निकायले देहाय बमोजिमको कार्य पूरा गरेपछि मात्र इजाजतपत्र बमोजिम प्रमाणीकरण गर्ने काम शुरु गर्नु पर्नेछ ः-
(क) प्रमाणीकरण गर्ने निकायले नियन्त्रक समक्ष पेश गरेको प्रमाणीकरण प्रक्रिया सम्बन्धी विवरणलाई नियन्त्रकले मान्यता
दिएको हुनु पर्ने,
(ख) प्रमाणीकरण गर्ने निकायले आफ्नोे जोडी साँचो सिर्जना गरी सो मध्ये सार्वजनिक साँचो नियन्त्रकलाई हस्तान्तरण गरिसकेको
हुनु पर्ने,
(ग) प्रमाणीकरण गर्ने निकायले तयार गरेको डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्ने र व्यवस्थित गर्ने सम्बन्धमा आवश्यक पर्ने
भौतिक तथा प्राविधिक संरचनामा नियन्त्रक वा निजले तोकेको अधिकृतले सहमति जनाएको हुनु पर्ने,
(घ) प्रमाणीकरण गर्ने निकायले नियन्त्रक समक्ष अन्य प्रमाणीकरण गर्ने निकायसँग पारस्परिक प्रमाणीकरणको व्यवस्था
मिलाइसकेको कुराको प्रमाण पेश गरेको हुनु पर्ने ।
(२) प्रमाणीकरण गर्ने निकायले उपनियम (१) बमोजिम काम शुरु गर्ने अवधि सो निकायले प्रमाणीकरण गर्ने इजाजतपत्र प्राप्त गरेको मितिले छ महिनाभन्दा बढी हुने छैन ।